FAQs Complain Problems

ग्यालरी

आज मिति २०७९।०४।१२ गते केराबारी गाउँपालिका आर्थिक विकास समितिका संयोजक श्री प्रेम वहादुर लिम्बु ज्यूको अध्यक्षता, केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको प्रमुख आतिथ्यता र उपाध्यक्ष श्री मनमाया मगर ज्यूको विशिष्ट आतिथ्यतामा केरावारी गाउँपालिकामा क्रियाशिल सहकारीका व्यवस्थापक तथा पदाधिकारीहरूका लागि सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली (COPOMIS) संचालन सम्बन्धी क्षमता अभिवृद्वी तालिम सुचारु भएको छ । उक्त कार्यक्रम ४ दिन सम्म केराबारी गाँउपालिकाका २२ वटा सहकारीकाे सहभागीतामा संचालन हुनेछ ।

मिति: 07/28/2022 - 16:39
, , , , , , , , ,

आज मिति २०७९।०३।०९ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ मगर ज्यूको अध्यक्षतामा संचालन भएको गाउँसभाको दशौं अधिवेसन पहिलो वैठकमा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूले आ.व. २०७९।०८० को निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । उक्त निति तथा कार्यक्रम सभाले स्वीकृत गरेको छ । भोलि मिति २०७९।०३।१० गते दोश्रो वैठकमा आ.व. २०७९।०८० को विनियोजन ऐन र आर्थिक ऐन प्रस्तुत हुने भएको छ ।

मिति: 06/28/2022 - 12:16
, , , , , , , ,

आज मिति २०७९।०३।१३ गते केराबारी गाउँपालिका, गाउँ कार्यपालिकाको सभाहलमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन जिल्ला स्तरिय समन्वय समिति मोरङले केराबारी गाउँपालिकाका रुजु अधिकारीहरुको लागी एक दिवशिय अभिमुखिकरण कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रममा मोरङ प्रमुख जिल्ला अधिकारी श्री काशिराज दाहाल ज्यू, केराबरी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ मगर ज्यू र केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूहरुले क्रमश अध्यक्षता, प्रमुख आतिथ्यता र विशिष्ट आतिथ्यता गर्नु भएको थियो ।

मिति: 06/27/2022 - 22:57
, , , , , , , ,

आज मिति २०७९।०३।०६ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ मगर ज्यूको अध्यक्षता तथा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यू लगायत अन्य सरोकारवालाहरुको उपस्थितिमा आगामि आ.व. २०७९।०८० को लागि निति तथा कार्यक्रमको विषयमा छलफल भएको छ । उक्त कार्यक्रममा सरोकारवालाहरुले लिखित, मौखिक तथा सामाजिक संजाल मार्फत दिनु भएको राय सूझाव सल्लाहको विषयमा समेत महोत्वपुर्ण छलफल भएको छ ।

मिति: 06/21/2022 - 15:00
, , ,

केराबारी गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा बाल विवाह न्युनिकरण सम्बन्धि माध्यमिक विद्यालय स्तरका विद्यार्थिहरुसंग वाल विवाह सम्बन्धि १ दिवसीय सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । संचालन मिति २०७९ असार १ गते देखि असार ५ गते सम्म ।
संचालन भएको स्थानः
सावित्री मा.वि. केराबारी गाउँपालिका वडा नं ५ ।
मच्छिन्द्र मा.वि. केराबारी गाउँपालिका वडा नं ८।
वुद्ध मा.वि. केराबारी गाउँपालिका वडा नं ९ ।
लक्ष्मि मा.वि.केराबारी गाउँपालिका वडा नं ९ ।

मिति: 06/20/2022 - 19:03
, , , , , ,

आज मिति २०७९।०३।०५ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ मगर ज्यू तथा उपाध्यक्ष श्री मनमाया मगर ज्यूको उपस्थितिमा केराबारी गाउँपालिका क्षेत्र भित्रका प्रत्येक वडाहरुवाट १८ वर्ष मुनिका २ जना कुपोषण जोखिम रहेका अपाङ्गता भएका वालवालिका र २ जना विध्यालय जाने अपाङ्गता भएका वालवालिका गरी प्रत्येक वडा वाट जम्मा ४ जना र कुल जम्मा ४० जना छनौट गरी २० जना वालवालिकालाई पोषिलो आहारा तथा सरसफाई सामाग्री र २० जना वालवालिकालाई विद्यालय भर्ना सहयोग अन्तरगत स्कुल व्याग,कपि,वलपेन वितरण गरिएको छ । आज विभिन्न कारणले उपस्थित हुन नसक्नु भएका अपाङ्गता भएका वालवालिकाहरु तथा अभिभावकहरुलाई वडा स्तरमा गई

मिति: 06/19/2022 - 20:07
, , , , , , , , , , , ,

क्षयरोग मुक्त पालिका बनाउने प्रतिवद्दता सहित केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ मगर ज्यूको अध्यक्षतामा आज मिति २०७९।०३।०१ गते हिमचिली सामुदायिक वनको सभाहलमा क्षयरोग मुक्त गराउने अभियानको रुपमा वडा स्तरिय शुक्ष्म योजना तर्जुमा कार्यक्रम संचालन भएको छ । यस योजना तर्जुमा कार्यक्रमसंगै क्षयरोग विरुद्दको लडाईमा समुदायको सशक्तिकरण विषयक वडा स्तरिय यूवाहरुसंग अभिमुखिकरण कार्यक्रम समेत प्रत्येक वडाहरुमा संचालन भईरहेको छ ।

मिति: 06/15/2022 - 17:29
, , , , , , , , , , , , , , , ,

आज मिति २०७९।०२।२६ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ मगर ज्यू तथा उपाध्यक्ष श्री मन माया मगर ज्यूद्वारा केराबारी गाउँपालिका ५ नं वडाका पशुपालक कृषकहरुलाई ५०% प्रतिशत उन्नत जातका ९ वटा बोयर बोका वितरण गर्नु भएको छ। साथै विभिन्न वडाका पशुपालक कृषकहरुलाई जमुनापारी बोका,पाठी साथै वर्कसायर जातका सुँगुरका पाठा/पाठि वितरण गर्ने कार्यक्रम रहेको छ।

मिति: 06/10/2022 - 00:25
, , , , , , , , , , ,

आज मिति २०७९।०२।२३ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ मगर ज्युको अध्यक्षता तथा उपाध्यक्ष श्री मनमाया मगर ज्यू लगायत सम्पुर्ण कार्यपालिका सदस्य ज्यूहरुको उपस्थितिमा केराबारी गाउँपालिकामा

वर्तमान कृषिको अवस्था र आगामि वर्षको निति तथा कार्यक्रम सम्बन्धि अन्तरकृया कार्यक्रम आयोजना भई सम्पन्न भएको छ ।

मिति: 06/06/2022 - 20:46
, , , , , , , , , , ,

आज मिति २०७९।०२।१९ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ मगर ज्यूको अध्यक्षतामा नवनिर्वाचित जनप्रतिनिधि ज्यूहरुको प्रथम कार्यपालिका वैठक वसेको छ । उक्त कार्यपालिका वैठकद्वारा कार्यपालिका सदस्य श्री नारायण प्रसाद भुजेल ज्यूलाइ केराबारी गाउँपालिका प्रवक्ताको जिम्मेवारी तोकेको छ ।

मिति: 06/02/2022 - 17:18
, , , , , , , , , , ,

Pages