केराबारी गाउँपलिकाको आयोजनामा नब निर्वाचित प्रतिनिधि सभा सदस्य माननिय श्री डिक वहादुर लिम्बु ज्यू र प्रदेश सभा सदस्य माननिय श्री खड्ग वहादुर बस्नेत ज्युलाई बधाई तथा शुभकामना प्रदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूले गर्नुभएको थियो । कार्यक्रममा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यू, वडा अध्यक्ष ज्यूहरु, स्थानीय राजनितिक दल प्रमुख/प्रतिनिधि ज्यूहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।