आज मिति २०७९।०९।०३ गते केराबारी सहरी खानेपानी तथा सरसफाइ आयोजना कार्य समिति केराबारीको आयोजनामा खानेपानी आयोजना सम्बन्धि प्राविधिक, आर्थिक तथा सामाजिक सर्वेक्षणको कार्य केहि दिन भित्र संचालन गर्ने गरी आयोजनाका टोलि प्रमुख र जेसि विज्ञहरुसंग छलफल भयो । उक्त कार्यक्रमको अध्यक्षता, प्रमुख आतिथ्यता र विशिष्ट आतिथ्यता क्रमशः आयोजना समितिका अध्यक्ष श्री नविन थापा मगर ज्यू, गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यू र गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूले गर्नु भएको थियो ।