आज मिति २०७९।०६।१४ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको प्रमुख तथा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूको विशिष्ट आतिथ्यतामा बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत, छैठ पर्वको पावन अवसरमा शुभकामना आदान-प्रदान र यस गाउँपालिकाबाट सरुवा भई जाने र सरुवा भई आउने कर्मचारीहरुलाई विदाई तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता केराबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री सुदर्शन दाहाल ज्यूले गर्नुभएको थियो ।