FAQs Complain Problems

ग्यालरी

आज मिति २०८०।०३।०६ गते क्षयरोग मुक्त पालिका अभियान अन्तरगत केराबारी गाउँपालिका क्षेत्र भित्र रहनुभएका नियमित औषधि सेवन गर्नुहुने १३ क्षयरोग बिरामीहरुलाई चामल, दाल, तेल लगायत अन्य पौष्टिक आहार वितरण गरिएको छ । उक्त कार्यक्रमको अध्यक्षता केराबारी गाउँपालिका १० नं वडा अध्यक्ष श्री पुर्ण वहादुर मगर ज्यूले गर्नु भएको थियो ।

मिति: 06/21/2023 - 20:15
, ,

आज मिति २०८०।०३।०१ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचीङ ज्यूको अध्यक्षतामा किटजन्य रोग ( औलो, डेङ्गु, स्क्रव टाइफस आदी) नियन्त्रण तथा रोकथामका लागि बहुनिकाय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रममा जनप्रतिनिधीज्यूहरु, स्वास्थ्य संस्था प्रमुखज्यू लगायतको उपस्थिति थियो । उक्त कार्यक्रम केराबारी गाउँपालिकाको आयोजना र स्वास्थ्य कार्यालय कोशी प्रदेशको सहजिकरणमा भएको थियो ।

मिति: 06/16/2023 - 20:54
,

आज मिति २०८०।०२।३२ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यूको अध्यक्षता तथा कोशी प्रदेश, प्रदेश सभा सदस्य माननिय श्री खड्ग वहादुर बस्नेत ज्यूको प्रमुख आतिथ्यतामा आ.व.२०८०।०८१ को बार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धमा अन्तरक्रिया/छलफल कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा निवर्तमान जनप्रतिनिधि ज्यू तथा वर्तमान जनप्रतिनिधि ज्यूहरुको उपस्थिति रहेको थियो ।

मिति: 06/15/2023 - 16:48
, ,

मिति २०८०।०२।३० गते केराबरी गाउँपालिका वडा नं ७ मुगुस्थित जनता सामुदायिक बन उपभोक्ता समितिको कार्यालयमा सञ्चालन भएको एक हप्ते पत्रकारिता तालिमको समापन भएको छ। उक्त समापन कार्यक्रमको अध्यक्षता केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूले गर्नु भएको थियो ।

मिति: 06/14/2023 - 12:44
,

मिति २००।०२।३० गते केराबारी गाउँँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूको अध्यक्षतामा भएको कार्यक्रममा केराबारी गाउँपालिका वडा नं ८ का ४ जना पशुपालक कृषकहरुलाई जम्मा ४ वटा बोयर जातका विउ बोका वितरण गरिएको छ । उक्त वितरण कार्यक्रम प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत भएको हो ।

मिति: 06/14/2023 - 12:43
,

आज मिति २०८०।०२।१६ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको अध्यक्षतामा भएको कार्यक्रममा आ.व. २०८०।०८१ को लगि राष्ट्रिय राजनीतिक दलका स्थानीय प्रतिनिधिहरुसंग छलफल, अन्तरक्रिया तथा सुझाव संकलन कार्य भएको छ ।

मिति: 05/30/2023 - 17:40
,

आज मिति २०८०।०२।०९ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको अध्यक्षता तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सङ्घीय मामिला माहाशाखा प्रमुख सह-सचिव श्री स्किम श्रेष्ठ ज्यूको प्रमुख आतिथ्यतामा आगामी आ.व.

मिति: 05/23/2023 - 18:42
, , , , ,

आज मिति २०८०।०२।०७ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृतकाे जिम्मेवारीका साथ आउनुहुने श्री विनोद भट्टराई ज्यूलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यू , वडा अध्यक्ष ज्यूहरु तथा कार्यपालिका सदस्य ज्यूहरु र कर्मचारीहरुको उपस्थिति थियो ।

मिति: 05/21/2023 - 22:54
, , , ,

आज मिति २०८०।०२।०५ गते सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार अभियान सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यू र प्रमुख आतिथ्यता प्रदेश सभा सदस्य कोशी प्रदेश माननिय श्री खड्ग बहादुर बस्नेत ज्यूले गर्नु भएको थियो ।

मिति: 05/19/2023 - 22:09
, , , , ,

आज मिति २०८०।०२।०४ गते आर्थिक वर्ष २०८०।०८१ को लागि अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रमको निरन्तरता सम्बन्धी अन्तरकृया र सोही कार्यक्रमकोको योजना तर्जुमा संचालन भएको छ । उक्त कार्यक्रमको अध्यक्षता केरबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया ज्यूले गर्नु भएको थियो भने प्रमुख आतिथ्यता केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूले गर्नु भएको थियो ।

मिति: 05/18/2023 - 22:32
, , ,

Pages

//