आज मिति २०७९।०३।१३ गते केराबारी गाउँपालिका, गाउँ कार्यपालिकाको सभाहलमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन जिल्ला स्तरिय समन्वय समिति मोरङले केराबारी गाउँपालिकाका रुजु अधिकारीहरुको लागी एक दिवशिय अभिमुखिकरण कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रममा मोरङ प्रमुख जिल्ला अधिकारी श्री काशिराज दाहाल ज्यू, केराबरी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ मगर ज्यू र केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूहरुले क्रमश अध्यक्षता, प्रमुख आतिथ्यता र विशिष्ट आतिथ्यता गर्नु भएको थियो ।