आज मिति २०८२।०३।०१ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यूको अध्यक्षतामा भएको कार्यक्रममा आ.व.२०८२।०८३ को नीति, वजेट तथा कार्यक्रमको सन्दर्भमा राय परामर्शका लागि पालिका स्तरिय राजनैतिक दलका प्रमुख/प्रतिनिधिज्यूहरुसंग पुर्व वजेट छलफल सम्पन्न भएको छ । उक्त छलफलमा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री जयराम श्रेष्ठज्यू, प्रवक्ता श्री नारायण प्रसाद भुजेलज्यू लगायत सम्बन्धित कर्मचारी ज्यूहरुको उपस्थिति रहेको थियो ।