बजार अनुगमनको चौथो दिन आज मिति २०८०।०६।२५ गते केराबारी गाउँपालिका उपाध्यक्ष तथा बजार अनुगमन समिति संयोजक श्री मनमाया मगरज्यूको संयोजकत्वमा केराबरी गाउँपालिका वडा नं ८ र १० बजार क्षेत्रमा व्यवसायहरुको अनुगमन भएको छ । अनुगमनको क्रममा विभिन्न व्यवसायीहरुलाई व्यवसाय दर्ता तथा नविकरण,घरवहार कर एवं सम्बन्धीत पसलहरुमा अखाद्य तथा म्याद गुज्रेका सामाग्री सम्बन्धि जानकारी तथा सचेत गराइएको छ ।