आज मिति २०७९।०९।२२ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको अध्यक्षतामा स्थानीय भूउपयोग सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यू, प्रमुख प्रशासकीय अधिकृत ज्यू, वडा अध्यक्ष ज्यूहरु, कार्यपालिका सदस्य ज्यूहरु, वडा सदस्य ज्यूहरु, स्थानीय भूउपयोग कार्यान्वयन समिति सदस्य ज्यूहरु, कर्मचारी ज्यूहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा परामर्शदाताको तर्फवाट केराबारी गाउँपालिका वडागत रुपमा भूउपयोग योजना निर्माण सम्बन्धि प्रस्तुति रहेको थियो ।