आज मिति २०७९।०२।१६ गतेकेराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूको प्रमुख आतिथ्यतामा साथै केराबारी गाउँपलिका ६ नं वडा अध्यक्ष श्री उपेन्द्र लुङ्गेली मगर ज्यूको अध्यक्षतामा गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तरगत ३ महिने आधारभुत सिलाइकटाई तालिमको समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त तालिम ६ नं वडा कार्यालयको सभाहममा संचालन भएको थियो । उक्त कार्यक्रममा ६ नं वडाका सम्पुर्ण जनप्रतिनिधि ज्यूहरुको समेत उपस्थिति रहेको थियो ।