आज मिति २०८०।१०।०२ गते “स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौ,भूकम्प थेग्ने संरचना बनाऔ” भन्ने नारा सहित २६औं भूकम्प सुरक्षा दिवसको अवसरमा जनचेतनामुलक र्याली, अन्तरक्रिया एवं विज्ञहरुवाट प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यूको गर्नु भएको थियो भने प्रमुख आतिथ्यता मनमोहन प्राविधिक विश्वविद्यालयका डिन डा. प्रचण्डमान प्रधानज्यूले गर्नु भएको थियो । उक्त कार्यक्रममा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, जनप्रतिनिधिज्यूहरु, राजनैतिक दल प्रमुख/प्रतिनिधिज्यूहरु, सहकारी प्रतिनिधिज्यूहरु, शिक्षक तथा विद्यालय व्यवस्थापन प्रतिनिधिज्यूहरु, सामुदायिक वन समुह प्रतिनिधिज्यूहरु, टोल विकास संस्था प्रतिनिधिज्यू, विद्यार्थिहरु लगायतको उपस्थिति थियो ।