" तिनै तहको सरकारः मानव बेचविखन विरुद्दको सरोकार " मुल नारा सहित आज मिति २०७९।०५।२० गते १६ औं मानव बेचविखन तथा ओसारपसार विरुद्दको राष्ट्रिय दिवस २०७९ (प्राभात फेरी सम्पन्न भएको छ । उक्त प्रभात फेरी पश्चात केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूको अध्यक्षता, केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको प्रमुख आतिथ्यतामा प्रवक्ता ज्यू, वडा अध्यक्ष ज्यूहरु, कार्यपालिका सदस्य ज्यूहरु, वडा सदस्य ज्यूहरु, अन्य सरोकारवाला संघ संस्थाका प्रतिनिधि ज्यूहरु, विद्यार्थिहरु, कर्मचारीहरुको उपस्थितिमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।