आज मिति २०७९।०४।१२ गते केराबारी गाउँपालिका आर्थिक विकास समितिका संयोजक श्री प्रेम वहादुर लिम्बु ज्यूको अध्यक्षता, केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको प्रमुख आतिथ्यता र उपाध्यक्ष श्री मनमाया मगर ज्यूको विशिष्ट आतिथ्यतामा केरावारी गाउँपालिकामा क्रियाशिल सहकारीका व्यवस्थापक तथा पदाधिकारीहरूका लागि सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली (COPOMIS) संचालन सम्बन्धी क्षमता अभिवृद्वी तालिम सुचारु भएको छ । उक्त कार्यक्रम ४ दिन सम्म केराबारी गाँउपालिकाका २२ वटा सहकारीकाे सहभागीतामा संचालन हुनेछ ।