आज मिति २०७९।१२।१० गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको अध्यक्षता तथा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूको विशिष्ट आतिथ्यतामा विश्व क्षयरोग दिवसको उपलक्ष्यमा केराबारी गाउँपालिका क्षेत्र भित्र रहेका नियमित औषधि सेवन गरी क्षयरोग मुक्त हुनुहुने तथा क्षयरोगको नियमित औषधि सेवन गर्नुहुने व्यक्तिहरुलाई सम्मान तथा उपहार वितरण कार्यक्रम सम्पन्न भएको छ ।