एन आई सि एसिया बैक केराबारी शाखासंगको समन्वयमा "वडा स्तरमा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम" को शुभारम्भ मिति २०७९/०४/२१ गते शनिबारका दिन केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्युले केराबारी गाउँपालिका १ नं. वडा कार्यालय पाटीबाट शुभारम्भ गर्नुभयो । सो कार्यक्रममा उपाध्यक्ष श्री मनमायाँ मगरज्यु र प्रवक्ता श्री नारायण प्रसाद भुजेलज्युको समेत उपस्थिति रहेको थियो ।यस कार्यक्रमलाई निरन्तर रूपमा पालिकाका अन्य वडाहरूमा समेत बैक संगको समन्वयमा बिस्तार गरी नियमितता दिने प्रतिबद्दता समेत अध्यक्ष ज्युले मन्तब्यको क्रममा ब्यक्त गर्नुभएको थियो ।