आज मिति २०७९।०२।१२ गते मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुलाई पुनस्थापना तथा परामर्ष गर्दै आएको गैर सरकारी संस्था कोशिस नेपालसंग केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ मगर ज्यू तथा उपाध्यक्ष श्री मनमाया मगर ज्यू लगायत अन्य सरोकारवालाहरुसंग सचेतनामुलक छलफल कार्यक्रम सम्पन्न भयो । साथै उक्त संस्थाले नवनिर्वाचित अध्यक्ष ज्यू र उपाध्यक्ष ज्यूलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको थियो ।