आज मिति २०८०।०६।२२ गते केराबारी गाउँपालिका बजार अनुगमन समितिको संयोजक केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यूको संयोजकत्वमा केराबरी बजार क्षेत्रको अनुगमन भएको छ । अनगमनको क्रममा विभिन्न पसलहरुमा अखाद्य तथा म्याद गुज्रेको सामाग्री जफत गरी नष्ट गरिएकोछ । उक्त अनुगमनमा प्रमुख प्रशासकीय अधिकृतज्यू, वडा अध्यक्षज्यू,घरेलु तथा साना उद्योग कार्यालय प्रतिनिधिज्यू, केरबारी बजार प्रवन्ध समिति प्रतिनिधिज्यूहरु,कर्मचरीज्यूहरु,प्रहरी,नगर प्रहरी लगायतको उपस्थिति थियो । बजार अनुगमन नियमित रुपमा हुनेछ ।