आज मिति २०८२।०३।०३ गते केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यूको संयोजकत्वमा सम्पुर्ण उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै केराबारी गाउँपालिका वडा नं १० मा रहेको मंगलवारे साप्ताहिक हाटबजारमा विक्री वितरण गर्न राखिएका खाद्यान्नहरुको केन्द्रिय कृषि प्रयोगशाला अन्तर्गतको बिषादी अवशेष द्रुत विष्लेषण प्रयोगशाला धरान सुनसरीसंगको समन्वयमा तरकारीको ८ वटा नमुना तथा फलफुलको १२ वटा नमुना को परिक्षण गर्दा सङ्कलीत नमुनाहरु उपभोग योग्य रहेको पाईएको छ । साथै अन्य १४ वटा विभिन्न सब्जी तथा मासु पसलको समेत अनुगमन गरी सुधारका लागि आवश्यक निर्देशन दिईएको र अर्को पटक अनुगमन गर्दा निर्देशन उलङ्घन भएमा सामग्रीहरु जफत गरी आवश्यक कारबाही गरिने पनी सम्पुर्ण सरोकारवालामा जानकारी गराईन्छ ।