आज मिति २०८०।०६।०४ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको अध्यक्षतामा भएको कार्यक्रममा केराबारी गाउँपालिकावाट आफ्नो कार्यकाल पुरा गरी सरूवा भएर जानुहुने प्रमुख प्रशासकीय अधिकृत श्री विनोद भट्टराईज्यूलाई हार्दिक बिदाई तथा प्रमुख प्रशासकीय अधिकृतकाे जिम्मेवारीका साथ आउनुहुने श्री सुवास श्रेष्ठज्यूलाई हार्दिक स्वागत कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यू , वडा अध्यक्ष ज्यूहरु, वडा सदस्य ज्यूहरु र कर्मचारीहरु लगायतको उपस्थिति थियो ।