केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको प्रत्यक्ष पहलमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय , स्वास्थ्य सेवा विभागद्वारा विरामीहरुको उपचार तथा निदानमा प्रयोग हुने उपकरण Patient Moniter- १ थान, ECG Machine - १ थान, डिजिटल BP सेट - ५ थान, Infrared Thermometer - १० थान र Pulse Oxymeter - ५ थान उपलव्ध भएको छ । आज मिति २०७९।०५।१२ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यूले केराबारी पालिका अस्पताललाई Patient Moniter र ECG Machine हस्तान्त्रण गर्नु भएकोछ । साथै केराबारी गाउँपालिकाका अन्य स्वास्थ्य संस्थाहरुलाई समेत अन्य स्वास्थ्य उपकरणहरु आवश्यक्ता अनुसार वितरण गर्ने कार्यक्रम रहेकोछ ।