आज मिति २०८०।०४।३० गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यू द्वारा स्वास्थ्य शाखा प्रमुख तथा इन्जिनियर समेत लिई केराबारी पालिका अस्पतालको अनुगमन गर्नु भएको छ । अनुगमनको क्रममा अस्पतालमा डेङ्गु, आँखा पाक्ने रोग समेत अन्य विरामीहरुको चाप अत्यन्त धेरै भएको पाइएकोले निशुल्क डेङ्गु परिक्षणको निरन्तरता तथा उपचार साथै विरामीहरुको व्यवस्थापनको लागि थप आवश्यक संरचनाको निर्माण गरी अझ गुणस्तरिय सेवा प्रवाहको लागि आवश्यक निर्देशन दिनुभएको छ ।