आज मिति २०७९।०२।१० गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ मगर ज्यू, केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यू र केराबारी गाउँपालिका वडा नं १० वडा अध्यक्ष श्री पुर्ण वहादुर मगर ज्यूले संयुक्त रुपमा केराबारी पालिका अस्पतालको अनुगमन तथा निरिक्षण गर्नु भएको छ । निरिक्षणको क्रममा अस्पतालका कर्मचारीहरुसंग अस्पतालमा आवश्यक उपकरण,जनशक्ति लगायतको व्यवस्थापन सम्बन्धि अन्तरकृया, निर्माणाधिन अवस्थामा रहेको १५ सैयाको अस्पतालको कार्यप्रगति सम्बन्धि जानकारी लिनुभयो । साथै ६० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई आधारभुत रगत परिक्षण (TC,DC,HB,SUGAR) र दिशा,पिसाव निःशुल्क परिक्षण गर्ने निर्णय समेत गर्नुभयो ।