आज मिति २०८०/१०/०७ गते केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यूको अध्यक्षतामा भएको कार्यक्रममा केराबारी गाउँपालिका भित्र रहेका विभिन्न वडाका ५६ जना कृषकहरुलाई "कृषि यान्त्रिकरण कार्यक्रम अन्तर्गत मागमा आधारित ७५ प्रतिशत अनुदानमा स-साना कृषि औजार उपकरण तथा कृषि सामाग्री सेट वितरण गर्ने कार्य भएको छ । उक्त सेटमा टमाटरको पत्ता काट्ने औजार-१ थान, फोल्डिङ आरा-१ थान, आधुनिक दाँते कुटे-१ थान, कर्मी-१ थान, पन्जा-१ जोड, मकै छोडाउने औजार-१ थान, तिन दाँते औजार-१ थान, १० दाँते औजार-१ थान गारि जम्मा ८ थान कृषि औजार रहेको थियो ।