आज मिति २०८०।०६।०२ गते केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यूको अध्यक्षतामा भएको कार्यक्रममा सम्पुर्ण स्वास्थ्य संस्था प्रमुखज्यूहरुलाई काला-अजार रोग नियन्त्रण तथा उपचार सम्बन्धि अभिमुखकरण सम्पन्न भएकोछ । साथै उक्त कार्यक्रम पश्चात काला-अजारवाट संक्रमित व्यक्तिको घरपरिवार तथा वरीपरी समाजमा बस्ने व्यक्तिहरुको समेत रगतको नमुना संकलन गरी सो रोगको सर्भिलेन्स कार्य सम्पन्न भयो । उक्त कार्यक्रम केराबारी गाउँपालिकाको आयोजना तथा स्वास्थ्य सेवा विभाग, काठमाण्डौ र WHO को संयोजनमा भएको थियो ।