प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रदेश प्रशिक्षण केन्द्र प्रदेश नं १ को आयोजनामा मिति २०७८।११।८ र ९ गते स्थानिय तहको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण सम्बन्धि कार्याशाला संचालन भएको छ । उक्त कार्याशालामा केराबारी गाउँपालिका अध्यक्ष श्री रोहित वहादुर कार्की ज्यू , उपाध्यक्ष श्री शान्ति कुमारी लिम्बु भुजेल ज्यू, वडा अध्यक्ष ज्यूहरु, कार्यपालिका सदस्य ज्यूहरु लगायत विषयगत कर्मचारीहरुको समेत उपस्थिति भएको थियो ।