आँखा शिविर संचालन हुने सम्बन्धि सूचना । विराटनगर आँखा अस्पताल (रानी) तथा केराबारी गाउँपालिकाको सहकार्यमा तपसिलमा उल्लेखित मिति र स्थानमा आँखा शिविर संचालन हुने भएकोले सम्पुर्ण नागरिकहरुलाई तोकिएको मिति र समयमा उपस्थित भई सेवा लिनुहुन अनुरोध गरिन्छ । हाम्रा सेवाहरुः १. निःशुल्क आँखा परिक्षण सेवा, २. निःशुल्क औषधी वितरण सेवा, ३. रु १२०० सम्मको निःशुल्क चस्मा वितरण सेवा (केराबारी पालिका अस्पतालवाट), ४. मोतिया विन्दुको निःशुल्क अपरेसन तथा उपचारको व्यवस्था गरिने छ ।
